वीरगञ्ज १८ जेठ । पर्साको सखुवाप्रसौनी गाउँपालिकाले वडा नम्बर ४ देउरबानाको करबोला सडक कालोपत्रे गर्ने भएको छ । वर्षौंदेखि जिर्ण रहेको उक्त सडक खण्ड नवनिर्वाचित गाउँपालिका अध्यक्ष यसवन्त यादवले निर्माण गर्न लगाएका हुन् ।
सडक कालोपत्रेको गाउँपालिका अध्यक्ष यादव र उपाध्यक्ष शर्मिला बिष्टले बुधबार संयुक्त रुपमा शिलान्यास गरेका छन् ।
९८ लाख ३७ हजार रुपैयाँ भ्याटसहितको लागतमा निर्माण हुन लागेको सडकको ऊसाइ निर्माण सेवा बहुअरी पिडरी कन्ट्रक्सनले ठेक्का पाएको छ । जेठ ५ गते सम्झौता गरेर निर्माणको कार्य असार १५ गतेसम्म सम्पन्न गर्ने गरी ठेक्का भएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत भोजेन्द्र चौधरीले जानकारी दिए ।