×

फाइल तस्बिर

वीरगञ्ज, २८ जेठ ।  पर्साको पटेर्वासुगौली गाउँपालिका वडा नम्बर २ रंगपुर खोलाबाट अवैध सालको गोलीया बरामद भएको छ । डिभिजन बन कार्यालय रंगपुरका सुबेदार रामाशिष राउत कुर्मीको नेतृत्वमा खटिएको बन गस्ती टोलीले १ थान सालको गोलीया बरामद गरेको हो । 

पर्साको राष्ट्रिय बन क्षेत्रबाट कटान गरेर साइकलमा लोड गरी ल्याउँदै गरेको अवस्थामा गस्ति टोलीले गोलीया बरामद गरेको हो । गस्ति टोलीलाई देख्ने बित्तिकै साइकल र काठ छोडी काठ ल्याउने व्यक्ति फरार भएको हुँदा निजको खोजी भइरहेको सुबेदार कुर्मीले जानकारी दिए । 

बरामद काठ साइकलसहित डिभिजन बन कार्यालय रंगपुरका राखिएको छ भने थप अनुसन्धान भइरहेको सुबेदार कुर्मीले बताए ।

Back to top