×

हाम्रो शरीरलाई स्वस्थ राख्न ओखर सहयोग गर्छ । यसले रक्तचाप नियन्त्रणमा राख्नुका साथै अन्य स्वास्थ्य समस्याबाट पनि छुटकारा दिन्छ ।

डायबिटिजबाट मुक्ति

दिनदिनै ओखर खाँदा मुटुरोग, हृदयघात र मधुमेहको जोखिम घट्छ । शरीरमा रहेको सही कोलेस्ट्रोललाई यसले बढाइदिन्छ । मेटाबोलिक सिन्ड्रोमबाट पीडित मानिसहरूमा टाइप २ डायबिटिज, मुटुरोग र मधुमेहको जोखिम घट्छ ।

तौल घटाउन

ओखर खाँदा तौल पनि घट्छ । यसमा ओमेगा ३ फ्याट्टी एसिडका साथै प्रचुर मात्रामा प्रोटीन हुन्छ । यसलाई खाँदा लामो समयसम्म भोक लाग्दैन र अतिरिक्त क्यालोरीको सेवन गर्न मन लाग्दैन ।

कपाल स्वस्थ राख्न

ओखरमा भएको फाइबर, भिटामिन र मिनरल्सले चायाँ, कपाल भर्ने र टाउको चिलाउने लगायतका समस्या हटाउँछ । अनि यसले कपाललाई स्वस्थ पनि राख्छ । कपाल दुईमुखे हुन पनि पाउँदैन ।

हाड बलियो

ओखरमा पाइने कपर, म्याग्नेसियम र म्याग्निजले हाड बलियो बनाउन योगदान गर्छ ।

Back to top