फाइल तस्बिर
वीरगञ्ज, २८ पुष । सब डिभिजन वन कार्यालय रंगपुरटाडी पर्साको टोलीले सालको काठसहित १ जनालाई पक्राउ गरेको छ ।
पर्साको राष्ट्रिय वनबाट अवैध रुपमा काठको तस्करी भइरहेको सूचनाको आधारमा खटिएको सब डिभिजन वन कार्यालय रंगपुरटाडीको टोलीले १ जनालाई रंगेहात पक्राउ गरेको हो ।
सालको रुख काट्दै गरेको अवस्थामा पर्साको सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर २ औराहा निवासी ३० वर्षीय कृष्ण माझीलाई पक्राउ गरिएको कार्यालयका रेन्जर कपिलदेव यादवले बताए । उनका अनुसार सोही स्थानबाट ३ थान सालको काचो गोलिया पनि बरामद गरिएको छ ।
बरामद काठसहित माझीलाई रंगपुर टाडी बन कार्यालयमा राखीएको र आवश्यक अनुसन्धान अघि बढाइएको रेन्जर यादवले बताए ।