पर्सा जिल्लाको अति बिकट ग्रामीण क्षेत्रमा जन्मनु भएका महमद शलिम मन्सुर ( मोसालीम ) २०१५ सालमा जन्मनु भएक हो । उहिल्यै देखि नै समाजीक सेवामा समर्पित मन्सुर २०४९ र २०५४ सालमा गाउँ बिकास समितिको अध्यक्ष भै कार्य कुशलता प्रदान गरिसक्नु भएको छ । उहाँ बिस्तारै राजीनीति केन्द्र भागमा पनि संलग्न रहँदै आउनु भएको छ । बिशेष गरि शिक्षा र स्वास्थ्य एवं समजिक सुधारको क्षेत्रमा संलग्न रहँदै आउनु भएको मन्सुर अहिले बाम गठबन्धनको तर्फबाट पर्सा जिल्ला निर्बाचन क्षेत्र नम्बर २ को उम्मेदवार समेत रहुन भएको हुनाले यो निर्बाचनको परिणामले उहाँको राजनीतिक भबिष्यको समेत निर्धारण गर्ने अनुमान लगाउन थालिएको छ । निकै चर्चित र राजनीतिक महत्व राख्ने क्षेत्रको उम्मेदवार बन्नु भएको हुनाले यो क्षेत्रका बिषयमा बिबिध खालको अुनमान समेत लगाउन थालिएको छ । पुराना राजनीतिक कार्यकर्ता तथा जन निर्बाचित प्रतिनिधीको अनुभव संहाल्नु भएको मन्सुरले अव आफ्नो सम्पूर्ण जीवन नै राजनीतिक बिचार मार्फत समाजीक सेवामा समर्पित रहेन संकल्प गर्नुभएको छ । यीनै सेरोफेरोमा रहेर एक्सरे खबरले उहाँसग गरेको कुराको संक्षेप प्रस्तुत गरिएको छ ।
खतपाई पर्सा जिल्ला निर्बाचन क्षेत्र नम्बर २ बाट नेकपा एमाले र माओवादी गठबन्धनको संयुक्त उम्मेदवार बन्नु भएको छ त्यसमा पनि प्रतिनिधी सभाको, उता तपाईलाई स्थानीय बासिन्दा होइन र नयाँ आगन्तुक उम्मेदावर भनेर आरोप लगाइँदै छ ? यस्तो अवस्थामा तपाईंको जित्ने आधार के छन ?
्य हेर्नुस, म नयाँ र पुरानाको परिभाषा के हो त्यो भन्न सक्दिन । तर पर्सा जिल्लाको ग्रामीण भागमा अत्यन्तै तल्लो तहमा जन्मेर भएपनि यहाँको समाजिक बिकास र सुधारको लागि मैले कुनै कसर बाँकी नराखिकन निरन्तर लागिरहेको मान्छे हुँ । उता मैले २ पटक सम्म गाबिसको अध्यक्ष भएर जनताको त्यसमा पनि आधारभुत तहको बासिन्दाको दुः ख र दर्दको बारेमा लामो अनुभव संगालेको छु । बिकास निर्माण र समाजिका बिकासको अभियानमा बारम्बार संलग्न भएको छु र पर्सामा र्नै जन्मेर हुर्केको हुनाले यहाँको सबै जिल्ला बासिको बास्तबिक समस्या र चुनौतिको बारेमो जानिफकार नै छु । बीरगंज होस वा ठोरी सुगम होस वा दुर्गम, दुखि हुन वा सुखि सबैकोे समस्याको बारेमा मलाई थाहा भएकोले उनीहरुको समस्यासँग बारम्बार फेस गरेको पनि छु त्यसैले मलाई पर्सा निर्बाचन क्षेत्र नम्बर २ का बासिन्दाले विश्वास गर्छन र राष्ट्रिय मुल प्रबाहमा यहाँको समस्या उठान गर्ने जिम्मेवारी सुम्पन्छन भन्ने कुरामा बिश्वस्त छु ।
खअनि तपाईँलाई किन नयाँ भनिएको ?
्य म कुनै पनि हालतमा नयाँ होइन र कुुनै न कुनै राष्ट्रिय जिम्मेवारीलाई पुरा गर्ने क्रममा केन्द्रभागमा बसेर राय सल्लाह र सुझाव दिँदै आएको हुनाले मलाई नयाँ भनेर आरोपित गर्नु भनेको नै मेरो निष्ठापूर्ण राजनीतिक यात्राबाट तर्सिएर कसैले आरोप लगाएका होलान यसमा कुनै सत्यता छैन । पर्सा जिल्लाको ग्रामीण भागमा जन्मेर हुर्किएको ब्यक्ति पर्सामा नै नयाँ हुन्छ भनेर चर्चा गर्नुको कुनै अथै छैन । त्यसमा पनि ३० बर्ष अघिदेखि नै बीरगंज महानगरपालिकाको छपकैयामा मेरो घर छ र त्यहाँबाट समजीक बिकासको गतिलाई अघि बढाऊँदै निरन्तर रुपमा लागिरहेको छु त्यसैले म कुनै पनि अर्थमा बाहिरको होइन । निर्बाचन क्षेत्र नम्बर २ मा नै मेरो घर पनि पर्छ ।
खतपाइँलाई किन जनताले भोट दिने ?
्य मलाई भोट दिने आधार छ किन भने म बाम गठबन्धनको उम्मेदवार हुँ र यो गठबन्धनको बहुमतको सरकार बन्न गैरहेको छ । राष्ट्रियता, समाजीक सदभाव, गणतन्त्र, धर्मनिरपेक्षता र जनताको सुख र शान्तिको निरन्तर लागिरहने पार्टीको उम्म्ेदवार भएको हुनाले पनि मलाई मत माग्ने आधार निर्माण भएको छ । अझ मैले पर्सा जिल्लामा शिक्षा र स्वास्थ्यको स्तर माथि उठाउनको लागि त्यस क्षेत्रमा लगानी गरिरहेको छु त्यसमा निरन्तरता समेत ल्याएको छु । जबसम्म शिक्षा र स्वास्थ्यको अवस्थामा सुधार आउन सक्दैन तवसम्म समाजिक बिकासकोबाटो पहिल्याउन सकिन्न भन्ने कुरा मलाई राम्रोसँग थाहा छ त्यसैभएर नै रजत जयन्ती चोकसँगै इण्डो नेपाल आँखा अस्पताल मार्फत पर्साका गरिब र बिपन्न ब्यक्तिलाई सेवा त्यसमा पनि रकम नहुनेहरुलाई त निशुल्क रुपमा आँखाको अप्रेशन गराइदिएको छु साथै शिक्षालयमा सहयोग, स्थापना र गुणस्तरिय शिक्षा उपलब्ध गराउन कुनै कसर बाँकी नराखेको हुनाले पनि यहाँका बासिन्दाले मलाई जिताउन लाग्छन र मेरो जित प्रत्येक नागरिकको स्वामित्व र अधिकारसँग गाँसिएको हुनाले यहाँको समाजीक पछैटेपन, बेरोजगारी समस्या समाधान, आत्मनिर्भरमूखि अर्थतन्त्रको बिकास, नयाँ नेपाल भाषणामा मात्र होइन ब्यबहारमा पनि त्यसको प्रतिफल जनताले पाउने अवस्थाको निर्माणमा पनि मेरो जित आवश्यक छ । त्यसैले यहाँको वातावरण, उद्योग ब्यापार र शान्ति सुरक्षाको अवस्थामा सुधार आउनको लागि पनि मेरो त्यसमा पनि मेरो पार्टीको गठबन्धनका उम्मेदवारको जित आवश्यक भएको हुनाले यस पटक नयाँ अवस्थामा देशको अनुहार परिवर्तन गर्न लागिपरेको पार्टी एमाले र माओवादीको संयुक्त गठबन्धनका उम्मेदवारले जित्न जरुरी भएको हुनाले राष्ट्रिय आवश्यकता र जनचाहानालाई मध्येनजर गरेर यस पटक जनताले जिताऊँछन ।