बदलिँदो मौसम वा जीवनशैली परिवर्तनमा सबैभन्दा पहिला विमारीको चपेटामा बच्चाहरु नै पर्छन् ।
यस्तोमा उनीहरुलाई स्वस्थ राख्नका लागि उनीहरुको खानपानमा केही स्वस्थ चीजहरु सामेल गर्नुपर्छ भने केही यस्ता चीज पनि छन् जसलाई खाएर उनीहरु विमारी हुन सक्छन् । त्यस्ता चीजहरुलाई खानपानबाट निकाल्नुपर्छ । आउनुहोस् जानौं बच्चाहरुलाई कस्ता खानाहरु खुवाउनु हुँदैन भनेर
बच्चाका लागि डीप फ्राइड यानिकी तेलमा तारेका खानेकुराहरु नोक्सानदायक हुन सक्छन् ।
यस्तो चिजले बच्चाहरुमा मोटोपन ल्याउने तथा मुटुसम्बन्धी विमारीहरुको देखिन सक्ने जोखिम बढ्छ । त्यसैले यस्तो चीजलाई कहिलेकाँही मात्र खान दिनुस् ।
बच्चालाई मिठो वा गुलियो त एकदमै मन पर्छ । तर पनि यस्तो कुरा धेरै खानाले उनीहरुको तौल बढ्ने, हड्डी कमजोर हुने, दाँतहरु सड्ने आदि हुन सक्छ । त्यसैले बच्चालाई सोडा, विभिन्न प्याकेटको जुस, आदि खुवाउनु हुँदैन ।
बच्चाहरुका लागि प्रशोधित खाना जस्तै कुकिज, चिप्स, आदि जस्ता चिजहरु पनि खान दिनु हुँदैन । यसमा सोडियम र चिनीको मात्रा अत्यधिक हुन्छ जसले उनीहरुमा मधुमेह हुने खतरा बढ्छ ।
बच्चालाई फास्ट फुड जस्तै बर्गर, पिज्जा, चाउमिन आदि जस्ता चिजहरु धेरै खुवाउनबाट पनि बच्नु पर्छ । यस्तो चीज खानाले बच्चा छिटो विमारी हुने गर्छन् । किनकी यसमा अस्वस्थ फ्याट, सोडियम तथा चिनी धेरै हुने गर्छ ।
बच्चालाई रातभर बचेको बासी खाना पनि दिनु हुँदैन । यस्तो खानाले बच्चाहरु विमार हुन सक्छन् । रातभर राखेको खानामा ब्याक्टेरियाहरु आउने गर्छन् जसले बच्चाको स्वास्थ्यलाई नोक्सान पुर्याउन सक्छ ।