मधुमेहको समस्या भएकाले चारवटा निमको पत्ता चपाउनु फाइदाजनक मानिन्छ । निमको पत्ताले मधुमेहको समस्या हटाउने त गर्दैन, तर यसले शरीरमा भएको ग्लुकोज र ब्लड सुगरको मात्रालाई नियन्त्रणमा राख्दछ । जानौं निमको केवल चार पत्ता चपाउनले हुने केही फाइदाहरु :
–मधुमेहको समस्यामा निमको चारवटा पत्ता चपाउनाले सुगर लेभल नियन्त्रण हुनुका साथसाथै यसको लक्षणहरु पनि कम गर्न मद्दत गर्दछ ।
– निमको पत्तामा हाइपोग्लाइसेमिक प्रभाव हुने गर्दछ, जसले ग्लुकोजको स्तरलाई कम गर्न प्रभावकारी भूमिका खेल्दछ । निममा हुने एसमेनन नामक तत्वको कारण पत्तामा हाइपोग्लाइसेमिक प्रभाव रहन्छ ।
–निमको पातमा अन्य कयौं कम्पाउण्डसहरु हुने गर्दछ, जसले रगतमा चिनीको मात्रालाई नियन्त्रणमा राख्न मद्दत गर्दछ । निमको पातमा हाइड्रोफिलिक फाइब, ग्लुकोमानन र फाइटोस्टेरोल जस्ता कम्पाउण्ड्सहरु रहन्छ, जुन मधुमेहको समस्यामा फाइदाजनक मानिन्छ ।
–मधुमेहको समस्यामा छाला र अनुहारसम्बन्धी समस्याहरु बढ्न सक्छन् । यस्तो अवस्थामा निमको पात छाला तथा अनुहारको सफाईमा प्रयोग गर्न सकिन्छ ।