×

छालाका समस्या कम गर्नका लागि मुंग दालको पनि प्रयोग गर्न सकिन्छ । तपाईंले मुंग दालबाट बनेको फेस प्याक प्रयोग गरेर घरमै छालाका समस्या कम गर्न सक्नुहुन्छ ।

यो फेस प्याक बनाउन दुई ठूलो चम्चा मुंग दाल पाउडर, बेसार पाउडर र गुलाब जल लिनुहोस् र एकसाथ मिसाउनुहोस् । उक्त लेपलाई अनुहारमा लगाएर २० मिनेट राखेर मनतातो पानीले अनुहार धुनुहोस् ।

मुंग दालबाट बनेको फेस प्याकले छाला चमकदार हुन्छ । साथमा यसले अनुहारको रक्तसञ्चार राम्रो बनाउँछ जसले गर्दा छाला नरम तथा मुलायम पनि रहन्छ ।

अनुहारको डन्डीफोर हटाउन पनि मुंग दालको फेस प्याकको प्रयोग गर्न सकिन्छ । यो फेस प्याकले छालाको गहिराईमा गएर सरसफाई गर्छ ।

मुंग दालको फेस प्याकले छाला सुन्निएको पनि कम गर्छ । यसले छालाको ‘डलनेस’ कम हुन्छ ।

अनुहारमा आउने बिबिरा तथा घाउ खटिरा मुंग दालबाट बनेको फेस प्याकले निको हुन्छ ।

Back to top