×

वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत सम्पन्न केन्द्रीय सदस्य निर्वाचनमा बारा जिल्लाबाट निर्वाचित दुई प्रतिनिधिसभा सदस्य केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्।

बारा निर्वाचन क्षेत्र नम्बर–३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य अरविन्द साह मधेशी समूहतर्फ ८७० मत प्राप्त गर्दै केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन्। त्यस्तै, बारा निर्वाचन क्षेत्र नम्बर–४ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य रहबर अन्सारी मुस्लिम समूहतर्फ १,०४५ मत प्राप्त गरी केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्।

मधेशी समूहतर्फ बब्लु गुप्ता, दीपक कुमार साह, जुली यादव र कामिनी कुमारी चौधरी पनि केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्।

प्रथम राष्ट्रिय महाधिवेशनमार्फत नयाँ केन्द्रीय नेतृत्व चयन भएसँगै रास्वपाले संगठनलाई थप सुदृढ, समावेशी र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ। महाधिवेशनबाट निर्वाचित नयाँ नेतृत्वले पार्टीको संगठन विस्तार, नीतिगत सुदृढीकरण तथा जनतासँगको सम्बन्धलाई अझ मजबुत बनाउने विश्वास पार्टीका नेता तथा कार्यकर्ताले व्यक्त गरेका छन्।

Back to top