शाहरूख खानसँग ‘जवान’ बनाएर निर्देशक एटलीले बलिउडमा गहिरो छाप छोडेका छन् । त्यसपछि हिन्दी फिल्म उद्योगका निर्माता तथा कलाकार उनीसँग काम गर्न आतुर छन् ।
केही समय पहिला खबर आएको थियो कि एटलीले सलमान खानसँग एउटा ठूलो बजेटको एक्शन थ्रिलर फिल्म बारे चर्चा गरिरहेका छन् । ताजा खबर अनुसार यसबारेमा अब आउने नयाँ प्रोजेक्टका लागि एटलीले सलमान खान र कमल हसनसँग छलफल गरिरहेका छन् ।
एटलीको यो फिल्म सन पिक्चर्सले निर्माण गर्नेछ । यो मेगा बजेटको एक्शन थ्रिलरमा दुई हिरोको कथा हुनेछ, जसमा सलमानसँग एक तमिल सुपरस्टार कमल हसन देखिनेछन् ।
भारतीय संचारमाध्यमका अनुसार कमल हसन र सलमान खान दुवै यस फिल्ममा काम गर्न आतुर छन् । सबै कुरा राम्रो हुँदै गयो र सम्झौता भयो भने पहिलो पटक सलमान र हसन एकसाथ देखिनेछन् ।