×

एसिसि महिला एसिया कप २०२४ को उद्दघाटन खेलमा आज नेपालले युएईको सामना गर्दैछ । श्रीलंकास्थित दाम्बुला क्रिकेट स्टेडियममा आजको खेल नेपाली समय अनुसार २ः१५ बजे सुरु हुनेछ ।

तयारीका लागि नेपाली टोली दुई साता अघि नै श्रीलंका पुगेको थियो । तयारीका लागि नेपालले श्रीलंका विकास टोली विरुद्ध तीन खेल खेलेको थियो जसमध्य पहिलो दुई खेलमा हार बेहोरेको थियो भने अन्तिम खेलमा जित हासिल गर्यो ।

नेपालको यो तेस्रो एसिया कप सहभागिता हो । यसअघि नेपालले २०१२ र २०१६ मा महिला एसिया कप खेलेको थियो । दुवै पटक नेपालले सबै खेलमा हार बेहोरेको थियो ।

सन् २०१२ र २०१६ मा टि ट्वान्टी एशिया कप आयोजना भएकी थियो । यसपटकको एसिया कप पनि टि ट्वान्टी प्रतियोगिता रहनेछ ।

समूह ए मा रहेको नेपालले पाकिस्तान विरुद्ध जुलाई २१ मा खेल्नेछ भने भारत विरुद्ध जुलाई २३ मा प्रतिस्पर्धा गर्नेछ ।

समूह बी मा बंगलादेश, श्रीलंका, मलेसिया र थाइल्याण्ड रहेका छन् । प्रत्येक समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।

गत फेब्रुअरीमा भएको एसीसी वुमन्स प्रिमियर कपको सेमिफाइनलमा मलेसियासँग पराजित भएको नेपाल श्रीलंकामा भएको एसिया कपमा स्थान पाउनबाट वञ्चित भएको थियो । प्रिमियर कपमा फाइनल खेलेका दुई टोली युएई र मलेसिया सिधै एसिया कपमा प्रवेश गरेका छन् ।

तर, एसीसीले आठ टोलीको प्रतियोगिता बनाएर थाइल्याण्ड र नेपाललाई प्रतियोगितामा समावेश गरेको हो । यो नेपाली महिला टोलीको एसिया कपमा तेस्रो सहभागिता हुनेछ ।
 

Back to top