×

वीरगञ्ज । चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि ६ जनाले आवेदन दिएका छन् । आवेदन दिने अन्तिम दिन बुधबारसम्म ६ जनाले आवेदन दिएको चलचित्र विकास बोर्डका सदस्य सचिव तथा सूचना तथा सञ्चार मन्त्रालयका उपसचिव राजेशकुमार थापा जानकारी दिए ।

उनका अनुसार फिल्म निर्देशक दिनेश डिसी, अभिनेत्री करिश्मा मानन्धर, संस्कृतिकर्मी राजेशकुमार थापा, निर्माता तथा बोर्ड सदस्य अर्जुनकुमार डंगोल, निर्देशक दीपा पाण्डे बस्नेत र बोर्ड सदस्य प्रकाश भट्टराईले आवेदन दिएका हुन् । 

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले साउन १६ गते सूचना जारी गर्दै १५ दिनभित्र आवेदन दिन भनेको थियो । थापाका अनुसार आवेदन दिने मिति सकिएकाले अब कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ता दिने तालिका सार्वजनिक गरिनेछ । त्यसपछि सिफारिस समितिले बढीमा तीन जनाको नाम सिफारिस गर्ने प्रावधान छ ।

अहिले प्रधानमन्त्री नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली छन् । अहिलेको राजनीतिक परिवेश नियाल्दा करिश्मा मानन्धरको बलियो सम्भावना देखिन्छ । करिश्माको ओलीसँग राम्रो सम्बन्ध छ । यसका साथै दिनेश डि.सी. पनि प्रधानमन्त्री ओलीसँग नजिक मानिन्छन् । अरु आवेदकको तुलनामा करिश्मा र दिनेशको प्रबल सम्भावना देखिन्छ । 
 

Back to top