वीरगञ्ज । शाहरुख खान ५८ वर्षको उमेरमा पनि फिट र सक्रिय छन् । प्रशासकहरू प्रायः उनको जीवनशैली जान्न उत्सुक हुन्छन् ।
उनीहरूलाई लाग्छ, ‘शाहरुख सधैँ फिट र सक्रिय हुनुको राज के हुनसक्छ?’
उनले एक अन्तर्वार्तामा आफ्नो दिनचर्याको खुलासा गरेका छन् । हालै ‘द गार्जियन’सँग कुरा गर्दै उनले आफ्नो दैनिकी सेयर गरे ।
उनले आफ्नो तालिकामा प्रायः बिहान ५ बजे सुत्ने र बिहान ९ वा १० बजे उठ्ने गरेको बताए । यसका साथै उनी सुत्नुअघि कसरत गर्छन् । यससँगै अभिनेताले आफू दिनमा एक पटक मात्रै खाना खाने गरेको बताए ।