×

काठमाडौं । सिनेमा “सरी मम” को विशेष प्रदर्शनी हिसान बागमती प्रदेश र एन.एफ.आई क्रियसनको सहकार्यमा आयोजित भएको छ। लागूऔषध दुव्र्यसन विरुद्ध सचेतना अभिवृद्धि गर्न आयोजित कार्यक्रममा ‘सरी मम’ सिनेमा प्रदर्शित गरिएको थियो।

यस प्रदर्शनीमा, विद्यालयमा फिल्म प्रदर्शन गर्नु उपयुक्त हुने नहुने निर्धारण गर्न हिसान काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रेका अध्यक्षहरू, प्याब्सनका सदस्यहरू, र हिसानका शिक्षकहरूको सहभागिता थियो। सिनेमा आईएनआई सिनेमा हल, नयाँ बानेश्वरमा भाद्र ८ गते बिहान देखाइएको थियो।

कार्यक्रममा प्रमुख अतिथिको रूपमा हिसानका रमेश कुमार सिलवाल तथा विशेष अतिथिको रूपमा लागूऔषध नियन्त्रण ब्युरोका प्रमुख दिनेश कुमार आचार्यको उपस्थिति रहेको थियो।

नविन बोगटीको निर्देशनमा बनेको यो सिनेमामा सरोज खनाल, सरिता लामिछाने, एलिस राई, प्रभात पल, प्रेविल कडेल, आरबी कटुवाल, बिहान श्रेष्ठ, युनिसा बजगाई, रेजिना मगर, र सरोज बखुरेल लगायतका कलाकारहरूको अभिनय रहेको छ। सिनेमाका निर्मातामा खेमराज अधिकारी र रोजिता तामाङ रहेका छन्।

Back to top