वीरगञ्ज । अभिनेता कार्तिक आर्यनको बलिउड फिल्म ‘भूल भुलैया ३’ को नेपाल प्रदर्शन अन्योलमा परेको छ ।
आजदेखि हलहरूमा प्रदर्शन गर्ने तयारी भए पनि सेन्सर बोर्डले स्वीकृति नदिएपछि फिल्मको प्रिमियर स्थगित गरिएको हो ।
फिल्मलाई सेन्सर बोर्डमा हिजो मात्र पेस गरिएको थियो । बोर्ड सदस्य भुपेन्द्रकुमार खड्काका अनुसार, चलचित्रलाई अन्तिम समयमा प्रस्तुत गरिएको र अध्ययनका लागि पर्याप्त समय नपुगेकाले यो निर्णय लिएको हो ।
फिल्ममा कार्तिक आर्यनसँगै विद्या बालन, माधुरी दीक्षित, रुह बाबा, तृप्ति डिमरी, विजय राज, र राजपाल यादवको अभिनय देख्न पाइनेछ ।