×

रौतहट । रौतहटको सदरमुकाम गौरस्थित राइस मिल नजिक प्रहरीले स्रोत नखुलेको ६ लाख रुपैयाँसहित एक व्यक्तिलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार, बुधवार साँझ गौर नगरपालिका-१ निवासी ५४ वर्षीय वीरेन्द्र कुमार जयसवाललाई गस्ती टोलीले चेकजाँच गर्ने क्रममा पक्राउ गरेको हो ।

जयसवालले ५ सय दरका २०० थान र १ हजार दरका ५०० थान नेपाली नोट लुकाई छिपाई राखेको अवस्थामा भेटिएको रौतहट प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) दीपक कुमार रायले जानकारी दिए ।

चेकजाँचका क्रममा जयसवालको साथबाट ६ लाख रुपैयाँ नगद र एक थान मोबाइल समेत बरामद गरिएको छ । स्रोतबिना यति ठूलो रकम बोकिरहेको थाहा पाएपछि उनलाई पक्राउ गरी थप अनुसन्धानका लागि रौतहट जिल्ला अदालतबाट म्याद थप गरिएको छ ।

जिल्ला प्रहरी कार्यालयले बरामद रकमको स्रोत र यसको उद्देश्यबारे अनुसन्धान भइरहेको बताएको छ । प्रहरीका अनुसार स्रोत नखुलेको रकमसहित पक्राउ पर्ने घटनाहरूलाई गम्भीरतापूर्वक हेर्ने नीति अपनाइएको छ ।

Back to top