×

पर्सा । पर्साको ग्रामिण क्षेत्रमा डिएपी र युरिया मलको कालोबजारी भइरहेको छ। डिएपी मल रु तीन हजार रुपैयाँ देखि ३५ सय रुपैयाँँ सम्म र युरिया मल रु एक हजार रुपैयाँ देखि १५ सय रुपैयाँ सम्मको अत्यधिक मूल्यमा बिक्री भइरहेको स्थानीय किसानहरूले गुनासो गरेका छन् ।

कृषि उत्पादनको लागि अत्यावश्यक मलको अभाव र चर्को मूल्यका कारण किसानहरू मर्कामा परेका छन् । कृषकहरूको अनुसार, सहकारी तथा कृषक समूहहरूले  बिल बिना नै मल बिक्री गरिरहेका छन् । 

किसानहरूले सरकारले तोकेको मूल्यमा मल उपलब्ध गराउन कुनै अनुगमन प्रक्रिया सुरु नभएको गुनासो गरेका छन् ।

किसानहरूले बारम्बार गुनासो गर्दासमेत सम्बन्धित निकायले कुनै चासो नदेखाएको बताएका छन् । उनीहरूको भनाइमा, “सहकारीहरूले सरकारको अनुदानित मलसमेत महँगो मूल्यमा बिक्री गर्दै आएका छन्, तर सरकारी निकायहरू चुपचाप छन् ।”

स्थानीय किसानहरूले सम्बन्धित निकाय तथा प्रशासनलाई शीघ्र अनुगमन गरी कालोबजारी नियन्त्रण गर्न आग्रह गरेका छन् । सरकारले तोकेको मूल्यमा मल उपलब्ध गराउन प्रभावकारी कदम चालोस् र दोषीलाई कारबाही गर्नुपर्ने उनीहरुले माग गरेका छन् । 
 

Back to top