वीरगञ्ज । टिकटकर जोडी आयुषसिंह ठकुरी र एलिजे जमाली प्लेटफर्ममा फर्किएका छन् ।
आफूहरूमाथि साइबर बुलिङ भएको भन्दै उनीहरू मङ्सिर २४ गते प्लेटफर्मबाट गायब थिए । लगातार ‘साइबर बुलिङ’ भएको भन्दै उनीहरूले टिकटकबाट ब्रेक लिने घोषणा गरेका थिए । त्यसको एक साता नबित्दै उनीहरू प्लेटफर्ममा फर्किएका हुन् । उनीहरूको टिकटक एकाउन्ट एक्टिभ भएको छ ।
ठकुरीलाई टिकटकमा १३ लाखले पछ्याएका थिए भने पाकिस्तानकी युवती जमालीलाई २२ लाखले पछ्याएका थिए । यी दुवैले इन्गेजमेन्ट गरिसकेका छन् ।
टिकटकमा फर्किएसँगै उनीहरू लाइभमा समेत देखिएका छन् । केही भिडियो पोस्ट समेत गरेका छन् । एलिजे र आयुष पछिल्लो समय नेपालका चर्चित टिकटकर हुन् । दुबईमा बसोबास गर्दै आएका यी दुईले केही महिनाअघि इन्गेजमेन्ट समेत गरेका थिए ।
दुई साताअघि आयुषले नयाँ घर किनेको खबर सार्वजनिक भएको थियो । त्यसपछि उनकी आमा नानुसिंह ठकुरीसँगको विवादलाई लिएर आयुष टिकटकमा ट्रोल बनिरहेका थिए ।