×

लोकप्रिय मोडल सुनीता आग्रीको प्रमुख भूमिका रहेको म्यूजिक भिडियो "रुपकी रानी" हालै सार्वजनिक भएको छ। गायक सुनिल नेपाली र इब्सल सञ्जालको आवाजमा रहेको यस गीतमा सुनीता आग्रीले उत्कृष्ट अभिनयमार्फत दर्शकहरूको मन जितेकी छिन्।

सुरेश नेपालीको निर्देशनमा तयार भएको यस भिडियोमा सुनीता आग्रीले प्रेम र सौन्दर्यलाई जीवन्तता दिने भूमिका निभाएकी छन्। उनको स्वाभाविक अभिनय र आकर्षक प्रस्तुतीले भिडियोमा थप चमक थपेको छ। भिडियोमा सुनीतालाई साथ दिएका कमल जेठाराको भूमिका पनि उल्लेखनीय रहेको छ।

सन्तोष आचार्यको प्रस्तुति रहेको यो भिडियोको छायांकन सुरज थापाकाजीले गरेका हुन् भने सम्पादन थापाकमल विवेकले गरेका छन्। गीतको शब्द रचना सुनिल नेपाली र थापाकमल विवेकले तयार पारेका हुन्।

सुनीता आग्रीले यस भिडियोमा प्रेमको गहिरो भावना र सौन्दर्यको चित्रण गर्दै दर्शकहरूको मनमस्तिष्कमा गहिरो छाप छोडेकी छिन्। भिडियोका सुन्दर प्राकृतिक दृश्यहरूले पनि उनको अभिनयलाई थप प्रभावशाली बनाएको छ। सुनीता मोडलींगसँगै गायन तथा सञ्चार क्षेत्रमा सक्रिय छिन । 

"रुपकी रानी" म्यूजिक भिडियोले युट्युवमा सार्वजनिक भएसँगै दर्शकहरूको माया पाउन सफल भएको छ। यो गीतले मोडल सुनीता आग्रीलाई नेपाली सांगीतिक क्षेत्रमा झनै स्थापित गर्न सहयोग पुर्‍याउने विश्वास गरिएको छ। 

भिडियो हेर्नुहोस् ।

Back to top