×

वीरगञ्ज । वीरगञ्जमा अंग्रेजी भाषा सिक्नका लागि कुनै समय अत्यन्तै लोकप्रिय रहेको करेन्ट इङ्लिश ल्याङ्ग्वेज इन्स्टिच्युट (सेली डटकम) फेरि सञ्चालनमा आउने भएको छ । परिमार्जित र अत्याधुनिक स्वरूपमा यसलाई पुनः सञ्चालन गर्न अन्तिम तयारी भइरहेको सञ्चालक राजेन्द्र प्रसाद कोइरालाले जानकारी दिए । 

सेली डटकमले एक समयमा वीरगञ्जका विद्यार्थीहरूको रोजाइको केन्द्रको रूपमा ख्याति कमाएको थियो । अब नयाँ ढाँचामा पुनरागमन गर्ने तयारी भइरहेको कोइरालाले बताए । अंग्रेजी भाषा सिक्न चाहनेहरूको लागि यो इन्स्टिच्युटले पहिलेका दिनहरूमा उत्कृष्ट शिक्षण पद्धति, अनुभवी प्रशिक्षक, र आकर्षक सिकाइ वातावरण प्रदान गरेको थियो । यहीँबाट हजारौ विद्यार्थीले अङ्ग्रेजी भाषा सिकेका थिए । 

सञ्चालक कोइरालाका अनुसार, पुनः सञ्चालनको यस प्रयासले नयाँ पुस्ताका विद्यार्थीहरूलाई अंग्रेजी भाषामा दक्ष बनाउनुका साथै उनीहरूको व्यक्तित्व विकासमा पनि सघाउनेछ । “सेली डटकमलाई समयसापेक्ष बनाउँदै थप परिस्कृत गरेका छौँ । यो वीरगञ्जका विद्यार्थीहरूको लागि मात्र नभई यहाँका सम्पूर्ण अंग्रेजीप्रेमीहरूको लागि पनि महत्वपूर्ण हुनेछ”, कोइरालाले यात्रा डेलीसँग भने ।

छिट्टै सञ्चालनमा आउने सेली डटकमले डिजिटल शिक्षण सामग्री, नयाँ कोर्स संरचना, र व्यक्तित्व विकासका तालिमहरू समावेश गरी आधुनिक अंग्रेजी सिकाइ विधिहरूलाई प्राथमिकता दिने योजना बनाएको छ । 
 

Back to top