×

केही अन्तराष्ट्रिय सञ्चारमाध्यममा चिनियाँ सर्ट भिडिओ सेयरिङ एप टिकटक अमेरिकी अर्बपति इलोन मस्कले किन्न लागेको समाचार आइरहेको छ ।

हालै ब्लुमबर्गको एक रिपोर्टमा टिकटकलाई लिएर चिनियाँ अधिकारीहरूले एउटा विकल्पमा विचार गरिरहेको दाबी गरिएको थियो ।

रिपोर्टमा अमेरिकी सर्वोच्च अदालतले एपमाथिको प्रतिबन्धलाई समर्थन गरे अमेरिकामा यसको व्यवसाय विश्वको सबैभन्दा धनी व्यक्ति मस्कलाई बेच्न सकिने उल्लेख गरिएको थियो ।

यसबीच टिकटकले सो समाचारबारे प्रतिक्रिया दिएको छ । टिकटकका प्रवक्ताले बीबीसीलाई भने, ‘हामीबाट काल्पनिक कुरामा टिप्पणी आए अपेक्षा नगर्नुहोस् ।’

टिकटकले पटकपटक एपलाई नबेच्ने बताउँदै आएको छ ।

Back to top