×

नयाँ दिल्ली ।  बलिउड अभिनेता नील नितिन मुकेश २०१९ यता फिल्मको पर्दामा देखिएका छैनन् । दक्षिण भारतीय अभिनेता प्रभासको ‘साहो’पछि उनी फिल्मबाट टाढै थिए । तर अब भने उनी छिटै फिल्ममा पुनरागमन गर्दै छन् । ‘हिसाब बराबर’ नामक फिल्ममार्फत उनले बलिउडमा पुनरागमन गर्दै छन् । यस फिल्ममा नीलका अलावा आर। माधवन पनि छन् । 

फिल्मको ओटीटी प्रिमियर जनवरी २४ मा जी५ मा हुनेछ । फिल्मको ट्रेलर रिलिज भइसकेको छ । फिल्म हिन्दी बाहेक तमिल र तेलुगु भाषामा पनि रिलिज हुनेछ । यो फिल्मलाई अश्विनी धीरले निर्देशन गरेकी हुन्।

फिल्ममा नील स्क्यामरको भूमिकामा देखिनेछन् । नील चर्चित भारतीय पाश्र्व गायक नितिन मुकेशको छोरा र गायक मुकेशका नाती हुन् । 

Back to top