बारा। बाराको जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको अध्यक्षमा युवा उद्यमी जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघ का गजेन्द्रकुमार गुप्ता निर्वाचित भएका छन्। आइतबार सम्पन्न मतदानको सोमबार बिहान सार्वजनिक मतगणनाअनुसार उनले प्रतिस्पर्धी मनोजकुमार गुप्तालाई फराकिलो मतान्तरले पराजित गरेका हुन्।
अध्यक्ष पदमा निर्वाचित गुप्ताले ५२९ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी मनोजकुमार गुप्ताले १९९ मत मात्रै प्राप्त गरे।
त्यसैगरी वरिष्ठ उपाध्यक्षमा शिवजी साह सोनार ५०२ मतसहित विजयी भए। उनका प्रतिस्पर्धी सन्तोष कुमारले १९५ मत प्राप्त गरे।
वाणिज्यतर्फको उपाध्यक्षमा रामबाबु कलवार ५३१ मतसहित निर्वाचित भएका छन्। उनका निकटतम प्रतिस्पर्धी प्रमोद साहले १११ मत पाए।
महासचिव पदमा प्रकाश गिरि ५१२ मतका साथ विजयी भए भने उनका प्रतिस्पर्धी सुशील शर्माले १८८ मत प्राप्त गरे।
कोषाध्यक्ष पदमा रीना रौनियार ४१२ मतका साथ निर्वाचित भएकी छन्। त्यस्तै वाणिज्यतर्फको सचिव पदमा पनि नयाँ नेतृत्व चयन भएको छ।
सदस्य पदतर्फ अमरेन्द्र कलवार, नवरतन कलवार, बलराम पौडेल, वीभा गुप्ता, विजय गुप्ता, मनोहरबाबु गुप्ता, मुकुन्द रिजाल, रुपनारायण गुप्ता र श्रीराम साह कानु निर्वाचित भएका छन्।
निर्वाचनमार्फत संघको नयाँ कार्यसमिति चयन भएपछि स्थानीय उद्योगी–व्यवसायीहरूबीच नयाँ नेतृत्वप्रति उत्साह देखिएको छ।