×

वीरगञ्ज । पल शाह र ईशा परियारको अभिनय रहेको ‘डार्लिङ्ग’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । यस गीतमा टेक बिसी र मिना पोखरेलले आवाज दिएका छन् । हरि भक्त बुढाथोकीको शब्द र भीम बिसीको संगीतले सजिएको यस गीतलाई केशव बडुले एरेञ्ज गरेका हुन् ।

गीतको रेकर्डिङ, मिक्सिङ र मास्टरिङ कार्य क्रमशः सुमन/खुमन राना र कुमार रानाले सम्पन्न गरेका हुन् । भिडियो निर्माणमा मरुनी डिजिटल स्टुडियोले भूमिका खेलेको छ ।

भिडियोमा पल शाह र ईशा परियारको रोमान्टिक नृत्य देखिन्छ । ईशालाई पलको ‘डार्लिङ्ग’ बन्न मन लागेको कुरा गीत र भिडियोमा देखाइएको छ भने अन्तिममा पलले ईशालाई जबरजस्ती अपहरण गरेको दृश्य देख्न सकिन्छ । 

स्टाइलिश वेशभूषाका लागि भ्यालेन्टिनो द बुटिकले वार्डरोब डिजाइन गरेको छ । मेकअपमा सुवास तिमल्सिनाले योगदान गरेका छन् भने क्यामेरा पवन सुस्लिङ र उनको टिमले सम्हालेका छन् ।

भिडियोको सम्पादन र रंग मिलानको काम मिलन विश्वकर्माले गरेका छन् । बिक्रम चौहानले कोरियोग्राफी र निर्देशन गरेको भिडियोको पोस्टर आट्र्स लक्ष्मण चौहानले तयार पारेका हुन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस ।


 

Back to top