×

नेपालको साइबर अपराध रिपोर्ट अनुसार, सामाजिक सञ्जाल प्लेटफर्म फेसबुकबाट सबैभन्दा बढी साइबर क्राइम भएका छन्।

आर्थिक वर्ष २०८१/८२ को पहिलो ६ महिनामा ११ हजार साइबर क्राइमका उजुरी दर्ता भएका छन्, जसमा फेसबुकले प्रमुख भूमिका खेलेको पाइएको छ। ६ हजार १ सय १ वटा साइबर अपराध फेसबुकबाट भएको भन्दै उजुरी दर्ता भएका छन्। यस्तै, इन्स्टाग्राम, ह्वाट्सएप, र टिकटकमा पनि क्रमशः १ हजार ८ सय ८४, १ हजार २ सय ५६ र ९ सय ६१ उजुरी दर्ता भएका छन्।

नेपाल प्रहरीको साइबर ब्युरोका प्रवक्ता दीपकराज अवस्थीका अनुसार सामाजिक सञ्जालमा आर्थिक अपराध र यौन हिंसासम्बन्धी अपराधहरूको संख्या बढ्दै गएको छ। यसका साथै, प्रहरी अधिकारीहरूले व्यक्तिहरूलाई आफ्ना व्यक्तिगत जानकारी र विवरण सार्वजनिक नगर्न चेतावनी दिएका छन्।

गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले साइबर क्राइम रोकथामका लागि विशेष पहल गर्दै सडक दुर्घटनासहित अन्य सुरक्षा चुनौतीहरूमा पनि ध्यान दिइरहेको बताएका छन्।

Back to top