×

साङ्केतिक तस्बिर ।

सर्लाही । सर्लाहीको बलरा नगरपालिका – १० सुदामास्थित मनुशमारा सिँचाइ आयोजनाको ब्यारेजमा सोमवार एक पुरुषको कुहिएको शव फेला परेको छ ।

शवको पहिचान अझै खुल्न सकेको छैन ।

स्थानीय किसानहरूलाई सिँचाइ सुविधा उपलब्ध गराउन निर्माण गरिएको उक्त ब्यारेजभित्र पाइन्ट र टी-सर्ट लगाएको अवस्थामा पुरुषको शव भेटिएको हो ।

प्रहरी निरीक्षक बालिस्टर सिंहका अनुसार शव अत्यन्तै कुहिएको अवस्थामा छ, जसले गर्दा हुलिया पहिचान गर्न कठिनाइ भइरहेको छ ।

स्थानीय बासिन्दाले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शवको अवस्था निकै खराब भएकाले थप अनुसन्धान र पहिचानका लागि पोस्टमार्टम गर्न प्रादेशिक अस्पतालको शव गृहमा राखिएको प्रहरी निरीक्षक सिंहले बताए ।

Back to top