लोकप्रिय सोसल मिडिया प्लाटफर्म टिकटकले एक नयाँ आर्टिफिसियल इन्टेलिजेन्स फिचर लञ्च गरेको छ । AI Alive नामक उक्त नयाँ टुल्सले कुनैपनि तस्वीरलाई एनिमेटेड भिडियोमा परिवर्तन गर्न सक्नेछ ।
यद्यपि हालका लागि यो फिचर केवल टिकटक स्टोरिजमा मात्रै प्रयोग गर्न सकिनेछ । अर्थात् टिकटक फीडमा सिधैं यो फिचर उपलब्ध छैन ।
टिकटकले एक न्यूजरुम पोस्टका माध्यमबाट यो फिचरको घोषणा गरेको छ । यो कुनैपनि सोसल मिडिया प्लाटफर्ममा उपलब्ध यस्तो पहिलो एआई टूल हो जसले कुनै तस्वीरलाई छोटो भिडियोमा रुपान्तरण गर्दछ । इन्स्टाग्राम, स्नापच्याट तथा एक्स जस्ता प्लाटफर्ममा यस्तो एआई भिडियो जेनेरेशन प्रविधि हालसम्म पनि उपलब्ध छैन ।
कसरी प्रयोग गर्ने ?
सबैभन्दा पहिले टिकटक एपमा जानुहोस् र इनबक्स पेज वा प्रोफाइल पेजको माथिपट्टि निलो रंगको आइकनमा ट्याप गर्नुहोस् ।
आफ्नो Story Album बाट कुनै एउटा तस्वीर छान्नुहोस् ।
फोटो एडिट पेजको दायाँतर्फ टूलबारमा AI Alive आइकन रहेको हुन्छ । सो आइकनमा ट्याप गर्नुहोस् । त्यसपछि अगाडि आउने विन्डोजमा तपाइँले उक्त तस्वीरबाट कस्तो एनिमेटेड भिडियो बनाउने भन्ने कुरा अक्षरमा लेखेर निर्देशन दिनुहोस् ।
तपाइँले त्यहाँ दिइएको suggested prompts बाट पनि एउटा छान्न सक्नुहुन्छ । त्यसपछि Generate बटनमा ट्याप गर्नुहोस् । अब केही क्षणमै तपाईले भने बमोजिमको छोटो भिडियो तयार हुनेछ ।
उक्त भिडियोलाई तपाईले टिकटकको स्टोरीमा पोस्ट गर्न सक्नुहुन्छ । त्यस भिडियोलाई For You, Following Feed तथा तपाईके Profile पेजमा हेर्न सकिनेछ । एजेन्सीको सहयोगमा