×

वीरगञ्ज । लोकसेवा आयोगले यही जेठ १५ गते काठमाडौँमा तय भएका परीक्षा स्थगित गरेको छ ।

जेठ १५ गते सरकारको नेतृत्वकर्ता दल नेकपा एमाले र राजावादीहरूले गर्न लागेको प्रदर्शनलाई लक्षित गरी लोकसेवा आयोगले परीक्षा तालिका संशोधन गरेको हो ।

जेठ १५ गते नेपाल विद्युत् प्राधिकरणका रिक्त पदहरूका लागि लोकसेवा आयोगले परीक्षा सञ्चालन गर्ने तालिका थियो ।

परीक्षाका लागि झन्डै ५ हजार जनाले दरखास्त फारम भरेका छन् ।

Back to top