×

काठमाडौँ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्जको तत्वावधानमा नेपाल प्रहरी प्रधान कार्यालय, फोटोग्राफी शाखाको आयोजनामा नक्सालमा डिजिटल फोटोग्राफी तालिम सञ्चालन भइरहेको छ।

तालिममा सहभागी प्रशिक्षार्थीहरूलाई डिजिटल फोटोग्राफीका विभिन्न पक्षहरू सिकाउने अवसर प्रदान गरिएको छ। कार्यक्रममा NFPJ का केन्द्रीय अध्यक्ष फोटोपत्रकार प्रदीपराज वन्तले फोटोग्राफीसम्बन्धी प्रशिक्षण प्रदान गरेका थिए।

प्रदीपराज वन्तले तालिमले प्रशिक्षार्थीहरूको फोटोग्राफी सीप विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताएका छन्। कार्यक्रमको विस्तृत जानकारी परिषद्का मिडिया प्रमुख रजनीश प्रियदर्शीले दिएका छन्।

Back to top