सामाजिक सञ्जाल फेसबुकमार्फत महिलाको चरित्र हत्या गरको आरोपमा एक भारतीय नागरिक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भारतको बिहार घर भएका २० वर्षीय अम्मरनाथ कुमार छन् । उनलाई धादिङको धुनीवेशी नगरपालिका–८ खानीखोलाबाट पक्राउ गरिएको साइबर ब्यूरोका एसपी तथा प्रवक्ता दीपकराज अवस्थीले बताए ।
पक्राउ परेका उनीविरुद्ध साइबर अपराध कसुरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।
उनले एक महिलालाई फेसबुकमा साथी बनाएको र थाहै नदिई ती महिलाको गोप्य भिडिओ बनाएको आरोप छ ।
भिडिओ कलमा अर्धनग्न भएर कुराकानी गर्न लगाउने र त्यसको स्क्रिन रेकर्ड गरेर फेक आईडीबाट महिलाको आफन्तलाई पठाउने गरेको पाइएको प्रहरीले बताएको छ ।