वीरगञ्ज । वीरगञ्जस्थित होटेल वृन्दावनमा सञ्चारकर्मीहरूका लागि तीन दिने क्षमता अभिवृद्धि कार्यक्रमको भव्य शुभारम्भ गरिएको छ ।
‘आम सञ्चार माध्यम तथा सञ्चारकर्मीहरूका लागि क्षमता अभिवृद्धि’ शीर्षकमा सञ्चालन हुने उक्त कार्यक्रममा वीरगञ्जका विभिन्न सञ्चारमाध्यमहरूबाट प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको छ ।
कार्यक्रम नेपाल आजतक मिडिया प्रालिको आयोजनामा तथा वीरगञ्ज महानगरपालिकाको सहयोगमा सुरु गरिएको हो ।
तीन दिनसम्म सञ्चालन हुने कार्यक्रममा पत्रकारिता क्षेत्रसँग सम्बन्धित विविध विषयहरूमा विशेषज्ञहरूद्वारा प्रशिक्षण दिइने आयोजकहरूले जनाएका छन् ।
कार्यक्रमको उद्घाटन सत्रमा नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव अशोक तिवारी प्रमुख अतिथिका रूपमा सहभागी थिए । यस्तै समाजवादी प्रेस सङ्गठनका केन्द्रीय सचिव ब्रिजलाल पासवान, मधेस प्रदेश अध्यक्ष मनोज पटेललगायत विशिष्ट व्यक्तित्वहरूको पनि उपस्थिति रहेको थियो ।
कार्यक्रम नेपाल आजतक मिडिया प्रालिका सञ्चालक विनोद पटेलको अध्यक्षतामा सम्पन्न भएको हो । उद्घाटन समारोहमा वक्ताहरूले प्रेस स्वतन्त्रता, उत्तरदायित्व, तथ्य जाँच र डिजिटल पत्रकारितामा भएका चुनौतीहरूबारे धारणा राखेका थिए ।
आयोजक संस्थाले कार्यक्रममार्फत स्थानीय सञ्चारकर्मीहरूलाई अझ दक्ष, जिम्मेवार र प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ । प्रशिक्षण सत्रहरूमा अनुभव आदान–प्रदान, अभ्यास र विषयगत प्रस्तुति पनि समावेश गरिएको छ ।