वीरगञ्ज । तराई क्षेत्रको प्राविधिक शिक्षाको अग्रणी संस्था इन्स्टिच्युट अफ टेक्नोलोजी (बीआइटी) ले आफ्नो स्थापनाको २५औँ वर्षको अवसरमा नयाँ शैक्षिक सत्रका लागि विभिन्न डिप्लोमा सङ्कायमा भर्ना प्रक्रिया सुरु गरेको छ ।
विगत २५ वर्षदेखि दक्ष र सीपयुक्त प्राविधिक जनशक्ति उत्पादनमा समर्पित बीआइटीले हजारौँ विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै रोजगारी र उच्च शिक्षाको अवसर सिर्जना गरिरहेको छ ।
विद्यार्थीलाई समकालीन प्राविधिक क्षेत्रमा क्यारियर निर्माण गर्न सक्षम बनाउन बीआइटीले सिभिल, कम्प्युटर, इलेक्ट्रिकल, इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स, र मेकानिकल इन्जिनियरिङमा डिप्लोमा कोर्सहरू सञ्चालन गर्दै आएको छ ।
सिभिल इन्जिनियरिङ कोर्सले सडक, पुल, भवनजस्ता पूर्वाधार विकासमा विशेषज्ञता प्रदान गर्छ । सिभिल इन्जिनियरिङ गर्ने विद्यार्थीले सरकारी निकाय, ठेक्कापट्टा कम्पनी, र निजी क्षेत्रमा आकर्षक रोजगारीका अवसर प्राप्त गर्न सक्छन् ।
त्यस्तै, कम्प्युटर इन्जिनियरिङको कोर्स गर्ने विद्यार्थीले वेब र मोबाइल एप डिजाइन, नेटवर्किङ, र साइबर सेक्युरिटीमा क्यारियर बनाउन सक्छन् । त्यस्तै कम्प्युटर इन्जिनियरिङ गर्ने विद्यार्थीसँग स्वतन्त्र फ्रीलान्सर बन्ने सम्भावना पनि उत्तिकै हुन्छ ।
इलेक्ट्रिकल इन्जिनियरिङ कोर्सले ऊर्जा उत्पादन, वितरण, र मर्मत सम्भारमा विशेषज्ञता हासिल गर्न सहयोग गर्छ । इलेक्ट्रिकल इन्जिनियरिङ कोर्स गर्ने विद्यार्थीले नेपाल विद्युत् प्राधिकरणलगायत सयौँ निजी कम्पनीमा स्थायी रोजगारीको अवसर प्रदान गर्छ ।
इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङले स्मार्ट प्रणाली, अटोमेसन, इन्टरनेट अफ थिङ्स (आइओटी), र एम्बेडेड सिस्टमजस्ता भविष्यमुखी क्षेत्रमा दक्षता विकास गर्छ । त्यसैगरी, मेकानिकल इन्जिनियरिङ कोर्सले मेसिन डिजाइन, उत्पादन व्यवस्थापन, अटो मोबाइल उद्योग, र आफ्नै वर्कसप सञ्चालनको अवसर प्रदान गर्छ ।
बीआइटीले विद्यार्थीहरूलाई विश्व स्तरीय शैक्षिक वातावरण प्रदान गर्न अनुभवी र दक्ष प्राध्यापक टोली, सिभिल, कम्प्युटर, इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स, र मेकानिकल विषयका सुसज्जित प्रयोगशालाहरू, वाई-फाईयुक्त क्याम्पस, र डिजिटल लाइब्रेरीको व्यवस्था गरेको छ ।
त्यस्तै यहाँ रियल प्रोजेक्टमा आधारित तालिम, इन्डस्ट्रियल टूर, इन्टर्नसिप, र रोजगारीका अवसरहरूमा सहज पहुँच सुनिश्चित गरिन्छ । साथै, उच्च शिक्षामा निरन्तरता दिन चाहने विद्यार्थीका लागि सघन सञ्जाल र मार्गदर्शन उपलब्ध छ । बीआइटी प्राविधिक शिक्षाको क्षेत्रमा एक विश्वसनीय गन्तव्य बनाएको छ ।
इच्छुक विद्यार्थीले साउन ११ गतेभित्र बीआइटीको क्याम्पसमा सिधै उपस्थित भएर वा अनलाइनमार्फत आवेदन फारम भर्न सक्नेछन् । आवेदन प्रक्रियालाई सहज बनाउन संस्थाले अनलाइन पोर्टल र सम्पर्क कार्यालयमार्फत आवश्यक सहयोग प्रदान गर्नेछ ।
बीआइटीले २५ वर्षको यात्रामा प्राविधिक शिक्षाको क्षेत्रमा आफूलाई स्थापित गर्दै विद्यार्थीहरूलाई प्राविधिक सीप र व्यावहारिक ज्ञानमार्फत आत्मनिर्भर बनाउनुका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउन महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको छ ।
इच्छुक विद्यार्थी र अभिभावकहरूलाई समयमै सम्पर्क गरी भर्ना प्रक्रिया पूरा गर्न बीआइटीले आग्रह गरेको छ । थप जानकारीका लागि संस्थाको आधिकारिक वेबसाइट वा सम्पर्क कार्यालयमा सम्पर्क गर्न सकिनेछ ।