सुनसरी। सुनसरी जिल्लाको हरिनगर गाउँपालिका–६ मा गएराति एक दर्दनाक घटना घटेको छ। भारतको अररिया जिल्ला घर भएका अजात मियाँले साली अर्चना खातुनमाथि गोली प्रहार गरी हत्या गरेका हुन्।
घटना राति करिब २ बजे अर्चना खातुन आफ्नी बहिनीको साथमा घरमै बसिरहेका बेला भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक सुमन तिम्सिनाले जानकारी दिए। स्थानीयका अनुसार अजात मियाँ राति अक्सर घरमा आउने गर्थे र हिजो पनि राति अचानक आइपुगी अर्चनामाथि गोली प्रहार गरेका थिए।
गोली लागेपछि घटनास्थलमै अर्चनाको मृत्यु भएको थियो। घटनाको कारण भने हालसम्म खुल्न नसकेको प्रहरीको भनाइ छ। प्रहरीका अनुसार अजात मियाँ आपराधिक पृष्ठभूमिको व्यक्ति हुन् र यसअघि चोरीलगायत अपराधमा संलग्न रहेको पुष्टि भएको छ।
हत्या पछि अभियुक्त फरार रहेका छन्। उनको खोजीका लागि नेपाल–भारत सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी कडा पारिएको छ। शवलाई पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ।
प्रहरीले घटनाको विस्तृत अनुसन्धान सुरु गरेको छ। दोषीलाई कानूनी दायरामा ल्याई पीडित परिवारलाई न्याय दिलाउने प्रतिवद्धता प्रहरी प्रशासनले जनाएको छ।