तपाईंलाई पटक पटक थकान महसुस भइरहन्छ भने त्यस्तो बेला बेवास्ता गर्नु हुँदैन । यो हेपाटाइटिस बी को सुरुआत पनि हुन सक्छ । यस रोगका लक्षण चिन्न त्यति सजिलो हुँदैन।
हेपाटाइटिस कलेजोसँग जोडिएको एउटा समस्या हो जसमा शरीरका कोषिका संक्रमित हुन्छन् र ती सुन्निन थाल्छन् । यो संक्रमण रक्सीजन्य पदार्थ सेवन गर्दा, अन्य स्वास्थ्य स्थिति तथा केही औषधिका कारण हुन्छ ।
हेपाटाटिस बीले मानिसलाई क्रमशः खुकुलो बनाउँदै लग्छ । यसले कलेजोमा नराम्रो असर गर्छ । यो ज्यानै लिने रोग पनि हो जसलाई बेवास्ता गर्नु हुँदैन ।
थकान महसुस हुनु, फ्लु जस्तो ज्वरो, वान्ता, छाला पहेंलो हुनु आदि यस रोगका लक्षण हुन् । यसका लक्षण यति सामान्य हुन्छन् कि भाइरल जस्तो महसुस हुन्छ । तर, यसले भित्र भित्रै कलेजोका सेल्स ड्यामेज गरिरहेको हुन्छ ।
यो रगत तथा सलाइवाबाट फैलने गर्दछ । कोही संक्रमित बच्चा तथा व्यक्तिलाई लगाएको सुईं अन्यलाई प्रयोग गर्दा पनि यो रोग सर्न सक्छ । बच्चालाई भन्दा ठूला व्यक्तिमा यो भाइरस एकदमै तीव्र गतिमा फैलन्छ ।
यो भाइरसको चपेटामा परेका ४० प्रतिशत मानिसमा त खासै लक्षण पनि देखिँदैन । संक्रमण फैलनुका पछाडि धेरै कारण हुन सक्छन्, जसमा हाइजिन पनि समावेश छ ।
हेपाटाइटिसको विमारी पाँच प्रकारका भाइरसले गर्दा फैलने गर्छ । यी भाइरसलाई ए,बी,सी,डी,ई नाम दिइएको छ । हेपाटाइटिस ए भाइरस बच्चामा बढि फैलन्छ र ई भाइरस वयस्कमा धेरै देखिन्छ ।