×

साङ्केतिक तस्बिर ।

वीरगञ्ज । सवारी चालक अनुमति पत्र (लाइसेन्स) अब १० वर्षसम्म मान्य हुने भएको छ । सरकारले केही नेपाल ऐन संशोधन गर्दै लाइसेन्स जारी भएको मितिले १० वर्षसम्म म्याद कायम रहने व्यवस्था गरेको हो । यसअघि लाइसेन्सको म्याद पाँच वर्ष मात्र हुने प्रावधान थियो ।

सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ मा संशोधन गरेर यो नयाँ व्यवस्था ल्याइएको हो । त्यस्तै, सवारीको जाँच पास (फिटनेस प्रमाणपत्र) अवधि पनि परिमार्जन गरिएको छ ।

संशोधित प्रावधानअनुसार, नयाँ दर्ता भएका सवारीका लागि जाँच पास प्रमाणपत्रको म्याद पाँच वर्ष हुनेछ । अन्य सवारीका हकमा भने प्रमाणपत्रको म्याद छ महिनासम्म मान्य हुनेछ ।

नयाँ व्यवस्थाअनुसार प्रदूषण परीक्षण र जाँच पासका लागि निजी क्षेत्रलाई समेत अनुमति दिने व्यवस्था गरिएको छ ।

Back to top