×

वीरगञ्ज । सरकारी सेवामा करियर बनाउन इच्छुक विद्यार्थीहरूका लागि मधेश प्रदेशमा सुनौलो अवसर खुलेको छ। मधेश विश्वविद्यालयले प्रदेशमै पहिलोपटक जन प्रशासन विषयमा स्नातक (BPAM) र स्नातकोत्तर (MPA) तहमा भर्ना सुरु गरेको छ ।

विश्वविद्यालयका अनुसार इच्छुक विद्यार्थीहरूले अध्ययनका लागि डिनको कार्यालयमा सम्पर्क गर्न सक्नेछन्। यसका लागि विश्वविद्यालयले ०५१–५९२२९२ नम्बरमा सम्पर्क गर्न जानकारी दिएको छ।

मधेश विश्वविद्यालयको यो पहलले संघ, प्रदेश र स्थानीय तहका सरकारी सेवामा दक्ष जनशक्ति उत्पादनमा टेवा पुग्ने अपेक्षा गरिएको छ।

Back to top