सजिवन, जसलाई विश्वको पोषणयुक्त तरकारीहरूमध्ये एक मानिन्छ । यसले शरीरलाई धेरै प्रकारका फाइदाहरू पुर्याउँछ र क्यान्सर र मुटु रोगहरूको जोखिम पनि कम हुन्छ । यसको नियमित सेवनले दीर्घकालीन स्वास्थ्यमा सुधार ल्याउन सक्छ ।
अङ्ग्रेजीमा सजिवनलाई ड्रमस्टिक (Drumstick) भनिन्छ । यो स्वास्थ्यका लागि अत्यन्त शक्तिशाली मानिन्छन् । यसबाट तरकारी र सूप बनाइन्छ । सजिवनका पात, बोक्रा, बीउ र फूलहरू पनि स्वास्थ्यका लागि धेरै फाइदाजनक हुन्छन् ।
फाइदा
तौल नियन्त्रणमा सहायक
सजिवनमा पाइने क्लोरोजेनिक एसिड(Chlorogenic-acid) ले शरीरमा बोसो सञ्चय हुनबाट जोगाउँछ र खराब कोलेस्ट्रोल कम गर्न सहयोग पुर्याउँछ । यसको नियमित सेवनले तौल नियन्त्रण गर्न सकिन्छ ।
रोग प्रतिरोधात्मक क्षमता बढाउँछ
भिटामिन सी र एन्टिअक्सिडेन्टले सजिवनलाई शरीरको प्राकृतिक रक्षा प्रणाली बलियो बनाउन मद्दत गर्छ । यसले रुघा, खोकी र सङ्क्रमणसँग लड्न सहयोग पुर्याउँछ ।
मुटु स्वास्थ्यमा लाभदायक
सजिवनमा पाइने एन्टिअक्सिडेन्ट र एन्टि–इन्फ्लेमेटरी तत्त्वहरूले रगतमा कोलेस्ट्रोल कम गर्न मद्दत गर्छ, जसले मुटुको स्वास्थ्य सुधारमा भूमिका खेल्छ ।
क्यान्सरको जोखिम घटाउन सक्छ
सजिवनमा पाइने फ्लाभोनोइड्स, क्वेर्सेटिन (Quercetin), र क्याम्पफेरोल जस्ता तत्त्वहरूले कोशिकामा हुने नोक्सानी कम गर्न सहयोग गर्छ, जसले दीर्घकालीन रूपमा क्यान्सरको जोखिम घटाउन सक्छ ।
मधुमेह नियन्त्रणमा उपयोगी
केही प्रारम्भिक अध्ययनहरूले देखाएका छन् कि सजिवनका पात र बोक्रामा एन्टि–डायबिटिक गुण हुन्छ, जसले रगतमा चिनीको मात्रा सन्तुलनमा राख्न सहयोग पुर्याउँछ ।
प्रोटिनको प्राकृतिक स्रोत
जसको शरीरमा प्रोटिनको कमी छ, उनीहरूलाई सजिवनको तरकारीले फाइदा पुर्याउन सक्छ । विशेष गरी शाकाहारीहरूको लागि सजिवन सस्तो, सजिलो र प्रभावकारी प्रोटिन स्रोत हो ।