×

साङ्केतिक तस्बिर ।

वीरगञ्ज । सरकारले दिएको फेसबुकको मातृ कम्पनी मेटा लगायतका सामाजिक सञ्जाल दर्ताको समय सीमा बुधवार सकिँदै छ । तर, सरकारले दिएको समय सीमा सकिनै लाग्दा कुनै पनि सामाजिक सञ्जाल दर्तामा आएका छैनन् ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता गजेन्द्र ठाकुरले बुधवार कार्यालय समयसम्म कुनै पनि सामाजिक सञ्जाल दर्तामा नआएको जानकारी दिए । “आजसम्मको समय सीमा छ । सरकारले दिएको समयमा कुनै पनि सामाजिक सञ्जाल दर्तामा आएका छैनन्,” उनले भने । 

दर्तामा नआए के हुन्छ भन्ने प्रश्नमा उनले भने, “अब सरकारले केही निर्णय गर्ला ।”

Back to top