×

साङ्केतिक तस्बिर ।

वीरगञ्ज । नेपाल प्रहरी अन्तर्गतको साइबर ब्युरोले भीपीएन प्रयोग नगर्न सेवाग्राहीलाई अनुरोध गरेको छ ।

बुधवार एक सूचना जारी गरेर ब्युरोले जथाभाबी भीपीएन प्रयोग गर्दा हुने खतराको सूचीहरू सार्वजनिक गरेको छ । सरकारले नेपालमा दर्ता हुन नआए सामाजिक सञ्जाललाई बुधवार मध्यरातबाट बन्द गर्ने निर्णय गरिसकेको छ ।

साइबर ब्युरोले व्यक्तिगत विवरण चुहावट हुन सक्ने, बैंकिङ एप ह्याक भई आर्थिक क्षतिसमेत हुन सक्ने र भाइरस लाग्ने, जसले थप जोखिम निम्त्याउन सक्ने भन्दै सूचना जारी गरेको हो ।

मन्त्रिपरिषद्ले सामाजिक सञ्जाललाई नेपालमा दर्ता हुन नआए बन्द गर्ने निर्णय गरिसकेको छ ।

Back to top