वीरगञ्ज । इन्टरनेट सेवा प्रदायक वर्ल्ड लिङ्कले नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल प्लेटफर्म बन्द गरेको जानकारी दिएको छ ।
वर्ल्ड लिङ्कले शुक्रवार बिहान सूचना जारी गर्दै नेपाल दूरसञ्चार प्राधिकरणले सम्मानित सर्वोच्च अदालतको आदेश, नेपाल मन्त्रिपरिषद्को बैठकले गरेको निर्णय तथा सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० बमोजिम दिइएको निर्देशन बमोजिम उक्त प्लेटफर्महरू बन्द गरिएको बताएको छ ।
वर्ल्ड लिङ्कले निर्णय कार्यान्वयनमा ल्याएसँगै कम्पनीका प्रयोगकर्ताहरूले अब फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप, ट्वीटर (एक्स) लगायतका २५ वटा सामाजिक सञ्जाल प्रयोग गर्न पाउने छैनन् ।
यद्यपि, टिकटक, भाइबर लगायत अन्य दर्ता भएका सामाजिक सञ्जाल प्लेटफर्म भने चलाउन सकिने एनसेलले जनाएको छ ।