×

हाम्रो भान्सामा सधैं उपलब्ध हुने प्याज केवल खानाको स्वाद बढाउने मसला मात्र होइन, यो स्वास्थ्यका लागि पनि निकै शक्तिशाली मानिन्छ। चाहे काँचो होस् वा पकाएर, दैनिक आहारमा प्याज समावेश गर्दा यसले विभिन्न शारीरिक फाइदाहरू पुर्‍याउँछ। बलियो जरा भएको यो तरकारी पोषण र शक्तिशाली गुणहरूले भरिपूर्ण हुन्छ।

प्राचीन चिकित्सा पद्धतिमा, विशेषगरी आयुर्वेदमा, प्याजलाई टाउको दुखाइ, मुखको घाउ निको पार्न र मुटुलाई स्वस्थ राख्न प्रयोग गर्ने सल्लाह दिइन्छ। यसमा भिटामिन सी र बी प्रशस्त मात्रामा पाइने भएकाले यसले रोग प्रतिरोधात्मक क्षमता (इम्युनिटी) बढाउन मद्दत गर्छ। यसका साथै, प्याजको सेवनले कोलेस्ट्रोल कम गर्न, तौल घटाउन, रगतमा चिनीको मात्रा सन्तुलित राख्न र रक्तचाप नियन्त्रण गर्न पनि लाभदायक मानिन्छ।

विशेषज्ञहरूका अनुसार, प्याजको सेवन महिलाहरूको तुलनामा पुरुषहरूका लागि अत्यधिक फाइदाजनक हुन सक्छ। फिटनेस कोच, न्यूट्रिशनिस्ट तथा सप्लीमेन्ट स्पेशलिस्टका अनुसार, प्याजले पुरुषका केही सामान्य तथा गुप्त समस्याहरूलाई टाढा भगाउन र उनीहरूको स्टेमिना बढाउन एकदमै फाइदाजनक साबित हुन सक्छ।

न्यूट्रिशनिस्टहरूका अनुसार, प्याजमा कामोत्तेजक (aphrodisiac) प्रभाव हुने गर्छ, जसले यौन इच्छालाई उत्तेजित गर्छ। यसले पुरुषमा टेस्टोस्टेरोन हर्मोनको स्तर बढाउन पनि सहयोग गर्छ। मुसाहरूमा गरिएको केही अध्ययनहरूले ताजा प्याजको रसले टेस्टोस्टेरोन र शुक्रकीट (स्पर्म) को संख्या बढाएको देखाएको छ। यसरी, प्याजको सेवनले पुरुषहरूको यौन स्वास्थ्यमा सुधार गर्न, कामोच्छा (libido) लाई स्टिमुलेट गर्न र ऊर्जा बढाउन मद्दत गर्छ। यद्यपि, यस विषयमा अझ धेरै मानव अध्ययनहरू आवश्यक छन्। महिलाहरूको यौन स्वास्थ्यमा प्याजको सेवनलाई लिएर भने अझै अनुसन्धानको कमी रहेको बताइएको छ।

नियमित प्याजको सेवनले पुरुषहरूका अन्य कैयौं समस्याहरू पनि निको हुन सक्छन्। जस्तै, यसले शीघ्रपतनको समस्या कम गर्न, चिन्ता र तनाव घटाउन, मानसिक स्वास्थ्यमा सुधार ल्याउन र थकान कम गर्न पनि उपयोगी मानिन्छ।

Back to top