काठमाडौँ । इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंकले दशैंका अवसरमा आफ्ना ग्राहकका लागि आकर्षक अफर घोषणा गरेको छ। वर्ल्डलिंकले खल्ती र काउन्टरमार्फत भुक्तानी गर्ने नयाँ तथा पुराना ग्राहकहरूका लागि लक्की ड्र–मा इलेक्ट्रिक कार, विदेशी घुमघाम र सामसङ उत्पादनमा विशेष छुट पाउने अवसर ल्याएको हो।
खल्ती वा काउन्टरमार्फत सेवा शुल्क भुक्तानी गर्ने नयाँ तथा नवीकरण गर्ने ग्राहकलाई लक्की ड्र–मा डीपल S05 इलेक्ट्रिक कार जित्ने अवसर मिल्नेछ।
१ महिनाको नवीकरण गर्ने ग्राहकलाई १ लक्की कुपन
३ महिनाको नवीकरण गर्ने ग्राहकलाई २ लक्की कुपन
१२ महिनाको नवीकरण गर्ने ग्राहकलाई ५ लक्की कुपन प्रदान गरिनेछ।
यो पुरस्कारका लागि भुक्तानी केवल खल्ती र काउन्टरमार्फत गर्नुपर्नेछ।
अफरमा सहभागी ग्राहकहरूमध्ये १२ जना भाग्यशाली जोडीले थाइल्यान्ड, भियतनाम, मलेसिया, सिंगापुर र दुबईमध्ये एक देशको विदेशी घुमघामको अवसर पाउनेछन्।
यो घुमघाम अफरको लक्की ड्र– प्रत्येक हप्तामा हुनेछ र हरेक पटक फरक देशका लागि एक विजेता जोडी छनोट गरिनेछ।
१ महिनाको नवीकरण गर्ने ग्राहकलाई १ कुपन
३ महिनाको नवीकरण गर्ने ग्राहकलाई २ कुपन
१२ महिनाको नवीकरण गर्ने ग्राहकलाई ५ कुपन प्रदान गरिनेछ।
ग्राहकहरूले सामसङका १० वटा उत्पादन (टिभी, फ्रिज, ओभन, ट्याबलेट, वाशिङ मेसिन आदि) मा ४० प्रतिशतसम्म छुट पाउनेछन्।
यो छुट अफर खल्ती, काउन्टर, इ–सेवा र फोनपे मार्फत भुक्तानी गर्ने नयाँ तथा पुराना सबै ग्राहकका लागि हुनेछ।
काउन्टरमार्फत कुपन संकलन गर्नुपर्नेछ।
प्रत्येक ग्राहकले प्राप्त कुपनमार्फत अधिकतम ३ वटा सामसङ उत्पादनमा छुट पाउनेछन्।
अफर सेप्टेम्बर ७ देखि डिसेम्बर २९ सम्म लागू हुनेछ।
सबै लक्की ड्र कुपनहरू डिजिटल रूपमा एसएमएसमार्फत ग्राहकको दर्ता गरिएको मोबाइल नम्बरमा पठाइनेछ।
वर्ल्डलिंकले दशैं अफरमार्फत आफ्ना ग्राहकहरूलाई उत्कृष्ट इन्टरनेट सेवासँगै आकर्षक पुरस्कार र छुटको अनुभव गराउन लक्ष्य राखेको जनाएको छ।