रगत नसामार्फत बग्दा पर्ने दबाबलाई रक्तचाप भनिन्छ। अमेरिकन हार्ट एसोसिएशन (एचए) र अमेरिकन कलेज अफ कार्डियोलोजी (एसीसी) ले उच्च रक्तचापसम्बन्धी नयाँ गाइडलाइन सार्वजनिक गरेका छन्। जसले उच्च रक्तचाप रोकथाम र उपचारमा मद्दत गर्नेछ ।
उच्च रक्तचापको विश्वव्यापी स्थिति
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का अनुसार उच्च रक्तचापलाई 'साइलेंट किलर' भनिन्छ किनकि यसका प्रारम्भिक लक्षण प्रायः देखिँदैनन्। विश्वमा करिब १२८ करोड वयस्क यसबाट प्रभावित छन्।
३० देखि ७९ वर्ष उमेर समूहमा करिब प्रत्येक ४ मध्ये १ जनालाई यो समस्या हुन्छ। यसमध्ये करिव८२ प्रतिशत बिरामी कम र मध्यम आय भएका देशहरूमा बस्छन्।
ध्यान दिनुस् यी कुरामा
वयस्कहरूको ब्लड प्रेशर १३०/८० mmHg भन्दा कम राख्नुस् ।
रोकथाम गर्न जीवनशैलीमा सुधार गर्नुहोस्
नियमित रूपमा ब्लड प्रेशर चेक गर्नुहोस्।
फलफूल, सागसब्जी, कम नुन र कम बोसोयुक्त खाना खानुहोस्
तौल नियन्त्रणमा राख्ननुहोस्
नियमित व्यायाम गर्नुहोस्
धूम्रपान र मदिरा सेवन कम गर्नुहोस्
पर्याप्त निन्द्रा र तनाव नियन्त्रण गर्नुहोस्
गर्भावस्थामा रक्तचापको छुट्टै मापदण्डअनुसार निगरानी गर्नुहोस्।
उच्च रक्तचाप मिर्गौला र मुटु मात्र होइन, ब्रेन हेल्थसँग पनि प्रत्यक्ष सम्बन्धित छ । समयमै उपचार नगरेमा यसले स्ट्रोक, हृदयघात र किड्नी फेल हुने खतरा निम्त्याउन सक्छ ।
छोटो–छोटो जीवनशैली परिवर्तन, समयमै जाँच र खानपानमा ध्यान दिँदा उच्च रक्तचाप नियन्त्रण गर्न सकिन्छ र जीवनलाई स्वस्थ बनाउन सकिन्छ।