×

पेरिस । क्यानडाका पूर्वप्रधानमन्त्री जस्टिन ट्रुडो शनिबार गायिका केटी पेरीसँग देखिएका छन् । पेरीको जन्मदिनको अवसरमा पेरिसमा दुवैजना सँगै देखिएका हुन् । उनीहरू यसरी सार्वजनिक रूपमा सँगै देखिएपछि उनीहरूले आफ्नो सम्बन्धलाई पुष्टि गरेको चर्चा भइरहेको छ ।

टीएमजेडको रिपोर्टअनुसार शनिबार पेरी र ट्रुडो पेरिसको प्रसिद्ध क्रेजी हर्स क्याबरे शोबाट बाहिर निस्किरहेका थिए । थिएटरबाट बाहिर आउनेबित्तिकै उनीहरूलाई पत्रकार र फ्यानहरूले घेरेका थिए ।

Katy-Perry-Justin-Trudeau-Crazy-Horse-Paris-102625-d2b54b5b49b644209334926ce8ee7dc5

ट्रुडोले पेरीको हात समातेका थिए र गायिकाले पनि नहिचकिचाई उनको हात समातिन् । यद्यपि, हालै उनीहरू दुवैलाई एकसाथ देखिएको यो पहिलो पटक भने होइन । 

गत महिना दुवैजना क्यालिफोर्नियाको तटमा पेरीको जहाजमा रोमान्स गरिरहेको देखिएका थिए । डेली मेलका अनुसार दुवैजना क्यालिफोर्नियाको सान्ता बारबरा तटमा केटीको २४ मिटर लामो जहाजमा थिए । 

डेली मेललाई त्यस ठाउँमा उपस्थित एक व्यक्तिले बताएअनुसार केटीको जहाज नजिकैको सानो पब्लिक ह्वेल-वाचिङ बोटको नजिक आएको थियो र त्यसपछि ट्रुडो र पेरीले सँगै समय बिताएका थिए । ती व्यक्तिले पेरीको हातको ट्याटु हेरेर उनी ट्रुडोसँग भएको पहिचान गरेका थिए ।

Back to top