निर्देशक दिवाकर भट्टराई फिल्म वितरकको रुपमा पनि देखिने भएका छन् । उनले क्रिएटिभ सिने आट्र्स मार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फिल्मको वितरण गर्ने भएका हुन् ।
वितरणको सुरुवात उनले ‘बाहुबली’ को नयाँ संस्करण ‘बाहुबली : द एपिक’ बाट गर्दैछन् । शुक्रबारदेखि प्रदर्शन तयारीमा रहेको एसएस राजामौली निर्देशित यो दक्षिण भारतीय फिल्म हो ।
यो फिल्म उनले निरज पौडेलको ए–एट् र दीपक दंगालको एनसीजीएनसँगको सहकार्यमा नेपालमा रिलिज गर्न लागेका हुन् । ‘बाहुबली : द एपिक’ पहिलो र दोस्रो भाग गाभिएको फिल्म हो ।
क्रिएटिभ सिने आट्र्सले २८ नोभेम्बरमा रिलिज हुने ‘तेरे इश्क मे’ लाई पनि नेपालमा रिलिज गर्दैैछ । निर्देशक भट्टराइले नरसिंहा अवतार, क्याप्टेन, ड्रिम्स, ऐश्वर्याजस्ता चर्चित फिल्म निर्देशन गरेका छन् ।