×

मुम्बई।  शुक्रबार रिलिज भएका फिल्महरूले बक्स अफिसमा राम्रो व्यापार गरेका छन्। यस दिन ‘बाहुबली द एपिक’ र ‘द ताज स्टोरी’ जस्ता नयाँ फिल्महरू सार्वजनिक भएका हुन्।

बाहुबली द एपिक: साउथको यो नयाँ फिल्मलाई दर्शकले रुचाएका छन्। पहिलो दिन यसले बक्स अफिसमा ९.२५ करोड रुपैयाँको कलेक्सन गरेको छ। विशेष स्क्रिनिङको १.१५ करोडसहित फिल्मको कूल सङ्कलन १०.४० करोड रुपैयाँ पुगेको छ।

द ताज स्टोरी: परेश रावल अभिनीत ताजमहलको कथामा आधारित यो फिल्मले पहिलो दिन १.०४ करोड रुपैयाँको व्यापार गरेको छ।

चल्तीका फिल्महरूको व्यापार:
आयुष्मान खुराना र रश्मिका मन्दानाको फिल्म थामाले ११औँ दिन ३ करोड रुपैयाँ सङ्कलन गरेको छ। यसको कुल कलेक्सन १११.४० करोड रुपैयाँ पुगेको छ।

हर्षवर्धन राणे र सोनम बाजवाको फिल्म एक दीवाने की दीवानियतले ११औँ दिन २.५० करोड रुपैयाँ कमाएसँगै यसको कुल सङ्कलन ५७.६५ करोड रुपैयाँ पुगेको छ।

रिलिज भएको ३० दिन पुगेको ऋषभ शेट्टी अभिनीत कान्तारा च्याप्टर १ ले शुक्रबार १.७५ करोड रुपैयाँको व्यापार गरेको छ। फिल्मको कुल कमाइ ६०३.४५ करोड रुपैयाँ पुगेको छ।

Back to top