बारा। बारा निर्वाचन क्षेत्र नम्बर–४ मा आगामी प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा अनुभवी नेता कृष्णकुमार श्रेष्ठ (किसान) पटक–पटक चुनावी मैदानमा उत्रिए पनि यसपटक उनको राजनीतिक विरासत जोगाउनु चुनौतीपूर्ण बनेको छ।
स्थानीय मतदाताले कृषि, सिँचाइ, खानेपानी, सडक र भूमिहीन सुकुम्वासीका मुद्दामा अझै प्रगति नदेखिएको भन्दै आलोचना गर्दै आएका छन्। ग्रामीण भेगका मतदाताहरूले नेताहरू चुनाव जितेपछि काठमाडौँमै सीमित हुने धारणा सार्वजनिक रूपमा व्यक्त गर्न थालेका छन्।
राजनीतिक विश्लेषकहरूका अनुसार बदलिँदो राजनीतिक समीकरण, आन्तरिक असन्तुष्टि र नयाँ शक्तिको उदयले कृष्णकुमार श्रेष्ठका लागि यो निर्वाचन सबैभन्दा चुनौतीपूर्ण हुन सक्छ।
अब बारा–४ का मतदाताले अनुभवलाई निरन्तरता दिने कि नयाँ विकल्पलाई अवसर दिने भन्ने निर्णय फागुन २१ मा हुने मतदानले तय गर्नेछ।