वीरगञ्ज । नेपाल प्रहरी मातहत कार्यरत प्रहरी सहायक निरीक्षक (असई) राजदेव यादव जन्तीको नाचमा अमर्यादित गतिविधि गरेको आरोपपछि विभागीय कारबाहीमा परेका छन्। केही दिनयता सामाजिक सञ्जालमा भाइरल भएको एक भिडियोमा उनी जन्तीको नाचका क्रममा तेस्रोलिङ्गी कलाकारसँग मदिरा सेवन गर्दै पैसा लुटाइरहेको तथा अनुचित व्यवहार गरिरहेको देखिन्छ।
असई यादवको नाचमा अमर्यादित भिडियो हेर्न यहा किलिक गर्नुस
उक्त भिडियो सार्वजनिक भएपछि जिल्ला प्रहरी कार्यालय पर्साले घटनाबारे छानबीन सुरु गरेको जनाएको छ। प्रहरी चौकी टिहुकीका इन्चार्जका रूपमा कार्यरत असई यादवले गत माघ १९ गते राति छिपहरमाई गाउँपालिका–२ भेडिअर्वा गाउँमा दसौता गाउँबाट आएको जन्तीको नाचका क्रममा प्रहरी आचरणविपरीत गतिविधि गरेको भन्दै स्थानीयवासीले उजुरी दिएका थिए।
उजुरी तथा भिडियोको आधारमा प्रारम्भिक अनुसन्धान गर्दा प्रहरी आचारसंहिताविपरीत कार्य गरेको देखिएपछि उनलाई इलाका प्रहरी कार्यालय पोखरियामा तानेर विभागीय कारबाही प्रक्रिया अघि बढाइएको पर्सा प्रहरी स्रोतले जनाएको छ।
प्रहरीले अनुशासनहीन गतिविधि सह्य नहुने स्पष्ट गर्दै घटनाबारे थप छानबीन जारी रहेको जानकारी दिएको छ।