×

वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार रामाकान्त प्रसाद चौरसिया चुनावी प्रतिस्पर्धामा विस्तारै छायाँमा पर्न थालेको चर्चा सुरु भएको छ।

सुरुवाती चरणमा ‘घण्टी’ चुनाव चिह्नका कारण चर्चा कमाएका चौरसिया पछिल्ला दिनमा भने अन्य दलहरूको आक्रामक रणनीतिका बीच ओझेलमा परेको बताइन्छ। नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आफ्नो चुनावी अभियान कसिलो बनाउँदै लगेपछि प्रतिस्पर्धा तीव्र बनेको स्थानीय विश्लेषण छ।

रास्वपाकै एक नेताका अनुसार वर्तमान अवस्था यथावत रहेमा चौरसियाको स्थिति कांग्रेसका उम्मेदवार सुरेन्द्र चौधरीभन्दा पनि कमजोर हुन सक्ने आकलन गरिएको छ।

अन्य उम्मेदवारहरूको आक्रामक प्रचार–प्रसार, चुनावी गतिविधि तथा पार्टी प्रवेश कार्यक्रमले मतदातामाझ प्रभाव बढाइरहेका बेला रास्वपा उम्मेदवार चौरसिया भने मतदाताबाट केही टाढिँदै गएको आरोप लागिरहेको छ। गैरराजनीतिक व्यक्तिहरूबाट समेत आलोचना खेपिरहेकी उनी घरदैलो तथा चुनावी कार्यक्रममा भड्किलो खर्च गरिरहेको देखिएको बताइन्छ।

चौरसियाकै एक स्थानीय कार्यकर्ताले विगतका निर्वाचनमा अस्वीकृत भएका व्यक्तिहरूसँगको निकटताले पनि पर्सा–३ मा रास्वपाको अवस्था कमजोर बन्न थालेको दाबी गरे।

 

Back to top