×

वासिङ्टनः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त प्रमुख कर्मचारीका अध्यक्ष जनरल डान काइनले इरानमाथि सम्भावित सैन्य हमलाको नेतृत्व गर्ने बताएका छन्। यदि त्यसको आदेश दिइयो भने उनले नै तेतृत्व सम्हाल्ने बताउँदै ट्रम्पले इरानसँग सम्झौता गर्नु नै राम्रो हुने जिकिर गरे। 

यसअघि गतसाता ह्वाइट हाउस बैठकमा जनरल काइनले इरानमाथि हमला गर्दा महत्वपूर्ण हतियार तथा गोलाबारुदको कमी र सहयोगी देशहरुबाट समर्थन नहुनसक्ने अवस्थाले अमेरिकी सेनालाई ठूलो जोखिममा पार्नसक्ने चेतावनी दिएका थिए। स्रोतहरूकाअनुसार काइनले लामो समयसम्म चल्ने द्वन्द्व र क्षेत्रीय प्रभावहरूको जोखिम पनि औंल्याएका थियो। जनरल काइनको कार्यालयले शुक्रबार जारी गर्दै राष्ट्रपतिको प्रमुख सैन्य सल्लाहकारको रूपमा अध्यक्षले नागरिक नेतृत्वलाई विभिन्न सैन्य विकल्पहरू, तिनका प्रभावहरू, जोखिमहरू र अन्य विचारहरू उपलब्ध गराउने उल्लेख गरेको थियो।

अमेरिका र इरानबीच नयाँ चरणको वार्ता बिहीवार जेनेभामा तय भएको छ। यो वार्ताले इरानको आणविक कार्यक्रम, युरेनियम संवद्र्धनस्तर र प्रतिबन्धहरू हटाउने विषयमा केन्द्रित हुने अपेक्षा गरिएको छ। तर, अघिल्ला दुई चरणका वार्ताहरूमा खासै प्रगति देखिएको छैन।
 
ट्रम्प प्रशासनले इरानसँग आणविक सम्झौता गर्न चाहेको तर आवश्यक परे सैन्य विकल्प पनि तयार राखेको संकेत गरेको छ। जनरल काइन ट्रम्पका प्रमुख सैन्य सल्लाहकार हुन् र उनी इरानसँग सम्बन्धित मुद्दामा प्रभावशाली भूमिकामा छन्।

Back to top